गण्डक बाँध भत्काउने सुस्ताबासीको प्रयास, सुरक्षाकर्मीले रोक्यो

982
  •  
  •  
  •  

gndk 12

नवलपरासी, १ भदौ (ओएनएस) : नवलपरासीको सुस्ता गाउँपालिका– २ का स्थानीयहरुले गण्डक नहरका कारण डुबानमा परेको भन्दै निकासका लागि पहल गर्न गर्दा कुनै पहल नभएपछि आक्रोशित बनेका छन् ।

सरकारबाट गण्डक नगरको पानी निकासका लागि कुनै पहल नभएपछि स्थानीय पानी निकासका लागि आफै लागेका छन् । स्थानीले गाउँको पानी निकास नभए गण्डक नहर भत्काई दिने चेतावी यसअघि नै दिएका थिए ।

स्थानीय राईपुरा खोलाका कारण सुस्ता गाउँपालिकाका रुपौलिया, छिवनी र सत्पत्ती गाउँ डुबानमा परेको भन्दै तत्काल पानी निकास गर्न माग गर्दै स्थानीयहरु आक्रोशित भएका हुन्।

गण्डक नहरको पानीको कारण बस्ती र खेती डुबानमा परेको भन्दै सुस्ताका स्थानीयले भारतीय मुख्य पश्चिम नहर फुटाउने प्रयास गरे । तर, बाँध फुटाएर जमेको पानी निकास गराउने प्रयास गर्दा नेपाली सुरक्षाकर्मीले रोकेका थिए ।

नहर भत्काउने चेतावनी दिएपछि भारत बिहार प्रदेश बाल्मिकी नगर सिंचाई विभाग, नवलपरासीस्थित सिंचाई डिभिजन कार्यालय सेमरीका इन्जिनियर, स्थानीयवासीसहित सुरक्षाकर्मीहरुको उपस्थितिमा बिहिबार बैठक बेसर तीन दिनभित्र समस्या समाधान गर्न भारतीय पक्ष सहमत भएको जनाइएको छ ।

तर, डुबानमा परेर निकै समस्यामा परेको भन्दै स्थानीय निकै आक्रोशित बनेका छन् । उनीहरुले तत्काल पानी निकास गर्न माग गरेका छन् ।


  •  
  •  
  •