‘कराँतेलाई व्यवसायिक बनाउनुपर्छ महत

91
  •  
  •  
  •  

काठमाडौं, २८ भदौं (ओएनएस) ः अर्थमन्त्री डा रामशरण महतले साथै उनले खेलाडीको व्यवसायिक विकास गर्नुपर्नेमा जोड दिए । शनिवार काठमाडौको लैनचौरमा आयोजित स्व गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय कराँते प्रतियोगिता कार्यक्रमका अवसरमा उनले यस्तो बताएका हुन् ।

नेपालको आफ्नै खेल नभएपनि कँरातेले पहिलादेखि नै नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउँदै आएको उनले जानकारी दिए । साथै उनले खेलमा सफल हुने मान्छे हरेक क्षेत्रमा सफल हुने बताए । साथै सबैलाई खेलबाट शिक्षा लिएर अगाडि बढ्न आग्रह गरे । ‘बिश्व जत्ने सपना बोकेर हिडेका नेपोलियन बोनापार्टलाई वाटरलुलाई पराजित गर्ने सेनाको नेतृत्व गर्ने ड्युक अफ विलिङटन खेल पृष्ठभूमिबाट आएका थिए, उनले भने खेल जित्ने रणनीतिबाट युद्ध पनि जित्न सकिन्छ ।’

डा महतले खेलकूद क्षेत्रबाट अनुशासन तथा टीमस्पीरिटको भावना सबैले सिक्नुपर्ने बताए ।
सो अवसरमा उनले पछिल्लो समय क्रिकेट व्यवसायिक बन्दै गएको र यसले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाएको चर्चा गरे । साथै सरकारले खेलको उन्नतिका लागि प्रत्येक निर्बाचन क्षेत्रमा एउटा खेल मैदानको कार्यक्रम ल्याएर स्थानीय चाख र रुची अनुसारको खेललाई प्रोत्साहन गर्न थालेको जानकारी दिए ।

दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा पुरुष र महिला गरी देशभरबाट २२ वटा स्वर्णपदका लागि करिब ७ सय प्रतियोगी सहभागी रहेका छन ।


  •  
  •  
  •