नेपाल र हङकङको टि-२० स्थगित

273
  •  
  •  
  •  

राजन काफ्ले, श्रीलंका, ५ मंसिर : लगातार पानी परेपछि हङकङविरूद्धको तीन टि-२० श्रृंखला स्थगित भएको छ । यसअघि दुवै टि-२० स्थगित भएको थियो भने आज हुने भनिएको खेल पनि वर्षाका कारण स्थगित भएको छ ।

बिहिबार मध्यरातबाट पानी परेपछि मैदानमा छिर्न सक्ने अवस्था नहुँदा खेल स्थगित गरिएको हो ।

दुवै टोलीका कप्तान, प्रशिक्षक र म्यानेजरसँग छलफल गरेपछि आईसीसीले शुक्रबारको खेल स्थगित गरेको हो । कोलम्बो शनिबारको लागि तय भएको एकदिवसीय खेल भने हुनेछ । शनिबारमात्र उक्त श्रृंखलाबारे निर्णय गर्ने बताइएको छ ।

prarashतस्विर – राजन काफ्ले /(ओएनएस)
parash 3
pARASH 4


  •  
  •  
  •