यू–१८ च्याम्पियनसिपः बंगलादेश फाइनलमा

109
  •  
  •  
  •  

काठमाडौं । साफ यू–१८ फुटबल च्याम्पियनसिपमा भुटानलाई हराउँदै बंगलादेश फाइनलमा पुगेको छ ।
बंगलादेशले भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै दोस्रो पटक फाइनलमा पुगेको हो ।

समूह चरणमा समान गोल अन्तर भएपछि भारतसँग गोला प्रथामा उप–विजेता भएको बंगलादेशले समूह ए को विजेता भुटानमाथि ३–० को सानदार जित दर्ता गर्न सफल भएको थियो । तीन गोल पहिलो हाफमा गरेको बंगलादेशले दोस्रो हाफमा १ गोल थपेको थियो ।

हलचोकस्थित एपीएफ मैदानमा बंगलादेशले पहिलो हाफको दोस्रो मिनेटमै अग्रता बनाएको थियो । कप्तान यासिन आराफातले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।

२७ औं मिनेटमा मोहम्मद अहमेद फाहिमले गोल गर्दै बंगलादेशलाई दुई शून्यको अग्रता दिलाए । भुटानमाथि सुरुदेखि नै दबाव बनाएको बंगलादेशले ३२ औं मिनेटमा मोहम्मद मराजले तेस्रो गोल थपेका थिए ।

पहिलो हाफमा ३ गोल गरेको बंगलादेशमाथि दोस्रो हाफमा भुटानले सम्हालिएर खेले पनि गोल फर्काउन भने असफल रह्यो । खेल सकिन केही मिनेट बाँकी रहेका बेला बंगलादेशका दिपकले डी बक्स बाहिरबाट गोल गर्दै ४–० को फराकिलो जित दिलाए । आज नै सेमिफाइनलमा भारत र माल्दिभ्स खेल्दैछन् । यो खेलको विजेताले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।


  •  
  •  
  •