नेपाल र अफगानिस्तानबीचको मैत्रीपूर्ण भलिबल प्रतियोगिता आज

316
  •  
  •  
  •  

काठमाडौं । नेपाल र अफगानिस्तानबीचको मैत्रीपूर्ण भलिबल प्रतियोगिता आज हुँदैछ । अपरान्ह ३ बजेपछि लगनखेलमा रहेको सैनिक शारिरीक तालिम तथा खेलकुद केन्द्रमा प्रतियोगिता हुन लागेको हो ।

भदौ २ गतेदेखि हुने लागेको पाचौँ एसियन सिनियर पुरुष सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि अफगान टोली मंगलबार काठमाडौं आइपुगेको हो । प्रतियोगिता अगाडि नै आएको अफगानटोलीले बुधबार र बिहीबार २ वटा मैत्रीपूर्ण भलिबल खेल्नेछ । यसलाई सेन्ट्रल जोनको तयारी खेलको रुपमा हेरिएको छ ।

सेन्ट्रल जोनमा नेपाल र अफगानिस्तानसहित बंगलादेश, कीर्गिस्तान, माल्दिभ्स, तुर्कि्मिनिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्ने छ ।


  •  
  •  
  •