विश्वकप छनोटको ‘होम गेम’ मा नेपालले कुवेतसँग खेल्ने

52
  •  
  •  
  •  

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ का लागि एसियाको दोस्रो चरणको खेलमा नेपालले पहिलो खेल कुवेतमा खेल्ने भएको छ ।

नेपालले पहिलो खेल कुवेतसँग उसैको घरेलु मैदानमा खेल्न लागेको हो । एन्फाले नेपालमा हुने भनिएको ‘होम गेम’ कुवेतमा हुने जानकारी दिएको छ ।

नेपालको पहिलो खेल सेटेम्बर ५ मा कुवेतसँग हुनेछ । उता कुवेतले उसको ‘होम गेम’ भने नेपालमा आएर खेल्ने एन्फाले जनाएको छ । नेपाल र कुवेतबीचको दोस्रो खेल १९ नोभेम्बरमा नेपालको दशरथ रंगशालामा हुनेछ । छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ ।


  •  
  •  
  •