इटालियन क्लब नेपोलीद्वारा लिभरपुल पराजित

296
  •  
  •  
  •  

एजेन्सी । इटालियन क्लब नेपोलीले युरोपेली च्याम्पियन लिभरपुललाई ३–० ले पराजित गरेको छ ।

प्रि–सिजनको मैत्रिपूर्ण खेलमा लिभरपुलले कुनै पनि खेलमा जित हात पार्न सकेन । लिभरपुल जर्मन क्लब बोरुसिया डोर्टमण्ड र स्पेनिस क्लब सेभियासँग पराजित भएको थियो भने पोर्चुगिज क्लब स्पोर्टिङसँग बराबरीमा रोकिएको थियो ।

इडिनबर्गमा रहेको मुरेफिल्ड स्टेडियममा भएको खेलमा नेपोलीलाई जित दिलाउनका लागि लोरेन्जो इन्साइन नायक बने । तीनवटै गोलमा उनी प्रत्यक्ष रुपमा संलग्न भए ।

स्ट्राइकर लोरेन्जोले १७ औं मिनेटमा नेपोलीको खाता खोले । उनले ड्राइज मार्टिन्सको पासमा गोल गरेका थिए । २८ औं मिनेटमा इन्साइनको पासमा अर्काडिउज मिलिकले गोल गर्दै पहिलो हाफअघि नेपोलीलाई २–० को अग्रता दिलाए ।

५२ औं मिनेटमा उनले गरेको प्रहार गोलकिपरले रोकेका थिए ।


  •  
  •  
  •