यू १९ इस्टर्न रिजन क्रिकेट : नेपाल फाइनलमा प्रवेश

67
  •  
  •  
  •  

काठमाडौं । यू १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

मलेसियामा जारी प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा घरेलु टोली मलेसियालाई ७ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

नेपालले उपाधिको लागि सिंगापुर वा हङकङ मध्य एकसँग खेल्नेछ । सिंगापुर र हङकङबीचको सेमिफाइनल जारी छ । ८८ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गरेको छ ।

नेपालको सहजमा कप्तान रोहित कुमार पौडेलले २९ बलमा २ चौका र १ छक्कासहित ३१ रन अविजित रहे । त्यस्तै भिम सार्कीले ३४ बलमा २ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे ।


  •  
  •  
  •