नेपालले इन्डोनेसियालाई २–१ एकले हरायो

615
  •  
  •  
  •  

काठमाडौं, २६ चैत(ओएनएस) : सन् २०२० मा हुने टोकियो ओलम्पिक छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले जितेको छ ।

आज भएको समुहको अन्तिम खेलमा नेपालले इन्डोनेसियालाई दुई एकले हराएको हो ।  नेपाल पहिलो खेलमा म्यानमारसँग तीन एक र भारतसँग पनि तीन एकले पराजित भएको थियो ।

खेलको ३६औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् । दोस्रो हाफको सुरुको दोस्रो मिनेटमै बेइक अमियाटन सालिहाले बराबरी गोल फर्काइन् । बराबरीतर्फ धकेलिएको खेलको १ मिनेट बाँकी रहँदा साम्वाले दोस्रो गोल गर्दै नेपालाई सान्त्वना जित दिलाइन् ।

नेपाल रहेको समूह ‘ए’ बाट आयोजक म्यानमारले तेस्रो चरणमा स्थान बनाउन सफल भयो । म्यानमारले आजै भएको अन्तिम खेलमा भारतसँग ३–३ गोलको बराबरी खेलेपनि गोलअन्तरमा अघि रहँदै तेस्रो चरणलाई छनोट हुन सफल भयो । छनोटमा म्यानमार र भारतले समान ७ अंक जोड्दा नेपालले ३ तथा इन्डोनेसिया अंकबिहीन बन्यो ।


  •  
  •  
  •