अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल–कुबेत भिड्दै

321
  •  
  •  
  •  

काठमाडौं, ७ चैत(ओएनएस) : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज कुवेतसँग खेल्दैछ ।

नेपाल र कुवेतबीचको पहिलो मैत्रीपूर्ण खेल नेपाली समयअनुसार बेलुका ९ः१५ बजे शुरु हुनेछ ।  पहिलो पटक नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका योहान कालिनको पहिलो खेल हो । नेपालले दुई मैत्रीपूर्ण खेल कुवेतसँग खेल्न लागेको हो । नेपालले अर्काे खेल मंगलबार खेल्नेछ ।

नेपाली टोलीमा राष्ट्रिय टोलीका ६ सदस्य छन् भने यू–२३ टोलीमा नयाँ खेलाडीले टोलीमा मौका पाएका छन् ।
नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङ, विकेट कुथु र विशाल श्रेष्ठ रहेका छन् भने डिफेन्डरमा रोहित चन्द, रवि सिलवाल, सुरज विश्वकर्मा, अजित भण्डारी, रञ्जित धिमाल, विराज महर्जन, सरोज दाहाल, देबेन्द्र तामाङ रहेका छन् ।
मिडफिल्डरमा रवि पासवान, बिक्रम लामा, बिशाल राई, टंक बस्नेत, सन्तोष तामाङ, हेमन गुरुङ, सुजल श्रेष्ठ रहेका छन् ।

फरवार्डमा रन्जन विष्ट, सुमन लामा, भरत खवास, विमल राना, नवयुग श्रेष्ठ, आशिष लामा रहेका छन् ।


  •  
  •  
  •