सन्दीपको टोली लाहोर कलन्दर्स इस्लामाबाद युनाइटेडसँग आज प्रतिस्पर्धा गर्दै

459
  •  
  •  
  •  

काठमाडौं, २५ फागुन(ओएनएस) :पाकिस्तान प्रिमियर लिग(पीएसएल) अन्तर्गत नेपाली युवा स्टार सन्दीप लामिछानेको टोली लाहोर क्वालान्दर्सले आज इस्लामाबाद युनाइटेडसँग खेल्दैछ ।

प्लेअफमा स्थान बनाउन लाहोर र इस्लामाबाद दुवैका लागि यो खेल उत्तिकै महत्वपूर्ण छ । लिगमा इस्लामाबादको यो अन्तिम खेल हो भने लाहोरको अझै एक खेल बाँकी छ । ९ खेलबाट इस्लामाबादको ८ र ८ खेलबाट लाहोरको ६ अंक छ ।

लाहोर साविक विजेता इस्लामाबादसँग पहिलो लेगमा ५ विकेटले पराजित भएको थियो । बाँकी दुवै खेल जितेर प्लेअफमा पुग्ने लक्ष्यसहित दुवै टोली कराँची पुगेका छन् ।

युएईमा जारी प्रतियोगिताका बाँकी दुई खेल लाहोर टिमले कराँचीमा खेल्नेछ ।

यसअघिको खेलमा पेशावर जाल्मीबिरुद्ध विकेट लिन नसकेका सन्दीपले ५ खेलमा १० विकेट लिइसकेका छन् ।
आजको खेल नेपाली समयअनुसार बेलुका साढे आठ बजे शुरु हुनेछ ।


  •  
  •  
  •