क्रिस गेलले एकदिवसीय क्रिकेटबाट सन्यास लिने

579
  •  
  •  
  •  

एजेन्सी : वेस्ट ईन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले एकदिवसीय विश्वकप पछि सन्यास लिने घोषणा गरेका छन् ।

गेलले ईङ्ल्याण्ड र वेल्समा मे ३० देखि जुन १४ सम्म हुने एकदिवसीय विश्वकपपछि एक दिवसीय खेलवाट सन्यास लिने बताएका हुन् ।

एकदिवसीय विश्वकपमा वेस्ट ईन्डिजलाई उपाधि दिलाउनका लागि कोशिष गर्ने र त्यसपछि खेलवाट बिश्राम लिने उनको भनाई छ ।

बाँया हाते ३९ वर्षिय ब्याट्सम्यानले एक दिवसीय खेलमा ९ हजार ७ सय २७ रन बनाएका छन् । सन् १९९९ मा डेब्यु गरेका उनले २ सय ८४ खेलमा सहभागिता जनाएका छन् ।

गेलले एकदिवसीयमा २३ शतक प्रहार गरेका छन् । सन् २०१५ मा जिम्बाबेविरुद्व २ सय १५ रन बनाएका थिए ।

जो क्रिकेट ईतिहासको चौथो ठुलो स्कोर हो । उनी सहभागि टिमले सन् २००४ मा ईङल्याण्डमा च्याम्पियन्स ट्रफी पनि जितेको थियो ।


  •  
  •  
  •