गजुरीमा गाडीको ठक्करबाट विद्यार्थीको मृत्यु, राजमार्ग अवरुद्ध

36
  •  
  •  
  •  

काठमाडौं । धादिङको गजुरीमा गाडीको ठक्करबाट विद्यालय जाँदै गरेका एक बालकको मृत्यु भएको छ ।
गजुरीको आदर्श माद्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बाटो काट्ने क्रममा जेब्राक्रसमा गाडीले ठक्कर दिँदा मृत्यु भएको हो ।

घटनापछि आक्रोशित स्थानीय र विद्यार्थीले पृथ्वी राजमार्ग अवरूद्ध गरेका छन् । साथै उनीहरूले विद्यार्थीलाई ठक्कर दिने बसमाथि आगजनी गरेका छन् । काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले विद्यार्थीलाई ठक्कर दिएको थियो ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here