मस्यौदामा हास्यकलाकार गजुरेलको ठट्यौली सुझाव

137
  •  
  •  
  •  

काठमाडौं, २३ असार (ओएनएस) : हास्यकलाकार मनोज गजुरेलले ठट्यौली पारामा संविधानको मस्यौदामा आफ्नो सुझाव दिएका छन् ।

मंगलबार संविधानसभाबाट जनतामा सुझाव लिनको लागि पारित भएको मस्यौदामा बुधबार विहान सामाजिक सञ्जालमार्फत गजुरेलले सुझाव दिएका छन् । तर उनले आफ्नो सुझावमा प्रधानमन्त्री पदको योग्यताको लागि मात्र सुझाव दिएका छन् । गजुरेलले दिएको सुझाव यस्तो छ :-

‘कम्तिमा कृषि, अर्थ, परराष्ट्र बिषयमा पिएचडी गरेको, शिक्षा तथा स्वास्थ्मा मास्टर्स तथा पर्यटन प्रवर्दनको ब्यवहारिक ज्ञान भएको, पाँच वटा अन्तर्राष्ट्रिय भाषा बोल्ने, पच्चिस वटा नेपाली राष्ट्रि्य भाषा बुझ्ने, उकालो हिड्न सक्ने, ओरालो झर्न सक्ने, तेर्सो दौडिन सक्ने, उमेर नढांटेको, पचास नकाटेको, बोली प्रष्ट, शरीर स्वस्थ, र स्मरण शक्ति चुस्त रहेको, परस्त्रीसँग नाम नजोडिएको, स्वस्त्रीसँग नाता नतोडिएको तथा कम्तिमा तीन पटकसम्म विपस्यना ध्यानको कोर्स पुरा गरेको नेपाली नागरिकमात्र संघीय गणतन्त्र नेपालको प्रधानमन्त्री बन्न पाउनेछ ।’ # संबिधान मस्यौदामा गजुरीयल सुझाव !


  •  
  •  
  •