राष्ट्रिय सरकार गठन गर : उपाध्यक्ष गजुरेल

300
  •  
  •  
  •  

cp-gajurelओखलढुंगा, ६ पुस :  नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले वर्तमान संविधानसभा विघटन गरी राष्ट्रिय एकताको सरकार गठन गर्नुपर्ने बताएका छन् ।

आईतबार क्रान्तिकारी पत्रकार महासंघ ओखलढुंगाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गजुरेलले जनतालाई मान्य हुने संविधान बनाउन वर्तमान संविधानसभा विघटन र राष्ट्रिय एकताको सरकार गठन आवश्यक रहेको बताएका हुन् ।

आगामी माघ ८ मा कुनै हालतमा पनि संविधान जारी नहुने भन्दै कांग्रेस र एमालेले बहुमतका आधारमा पेलेर संविधान जारी गरेको खण्डमा देश अर्को द्धन्द्धमा फस्ने गजुरेलको भनाई छ । ‘जनचाहना विपरीत बनेको सरकारले जनभावना अनुरूपको संविधान निर्माण गर्न सक्दैन ।’ नेता गजुरेल भने, ‘जबरजस्ति संविधान जारी गरिएमा त्यो मान्य हुने छैन, हामी त्यसको विरूद्ध सडक आन्दोलन गर्छौँ ।’ क्रान्तिकारी शक्तिहरूलाई कमजोर बनाउन सबै दलहरू लागेकाले यसले देशमा राम्रो नतिजा नल्याउने गजुरेलको भनाई छ ।

अर्को एक फरक प्रशंगमा बोल्दै गजुरेलले विप्लवले पार्टी फुटाएर आफ्नो पार्टीलाई कुनै पनि असर नपरेको बताए । एकीकृत नेकपा माओवादीसँग कुनै पनि हालतमा पार्टी एकता पनि उनको भनाई छ । गजुरेलले पार्टी एकता हुनका लागी एकीकृत माओवादीले संविधानसभा आफुहरूसँग आउनुपर्ने बताए । कार्यकर्ता भेटघाट तथा प्रशिक्षणका लागी ओखलढुंगा आई पुगेको उपाध्यक्ष गजुरेल सहितको टोली २ दिन जिल्ला बसेर फर्किएको छ ।


  •  
  •  
  •