एक क्विन्टल गाँजासहित दुई युवा पक्राउ

554
  •  
  •  
  •  

काठमाडौं, २० फागुन (ओएनएस) : एक क्विन्टल गाँजासहित दुई युवालाई पक्राउ गरी जिल्ला वन कार्यालयले प्रहरीलाई बुझाएको छ।

सामुदायिक वनमा काठ चोरी हुने गरेको सूचनाको आधारमा निगरानीका लागि जिल्ला वन अधिकृत केदारनाथ पौडेल, सशस्त्र वन रक्षक र शिखर हरियाली सामुदायिक वनका अध्यक्ष केदार आचार्यसहितको टोलीले उक्त गाँजासहित उनीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा राप्ती नगरपालिका– ४ का २५ वर्षीय राजन तामाङ र ३७ वर्षीय कुमार तामाङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रभुप्रसाद ढकालका अनुसार गएराति राप्ती नगरपालिका– ११ आँपपानीबाट करिब एक क्विन्टल गाँजा बरामद गरिएको हो।

डिजिटारबाट भण्डारातर्फ आउँदै गरेको ना१ह ९१०० नंको अटोलाई चेक गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेको वन अधिकृत पौडेल बताए।

पक्राउ परेका दुवै जना विरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने डिएसपी ढकालले बताए।


  •  
  •  
  •