प्रमलाई थापाको प्रश्न, ‘डा.केसीसँग संवाद नै गर्दिन भन्ने हठले के तपाईँको मान बढाउँछ ?’

139
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले डाक्टर गोविन्द केसीको मागमा प्रधानमन्त्री केपी शर्मा ओलीले हठ देखाएको बताएका छन् ।

फाइल तस्बिर

सोमबार ट्वीटमार्फत नेता थापाले केसीका माग पुरा गर्न सकिने खालको भएकोसमेत बताएका छन्। उनले भनेका छन्,‘प्रधानमन्त्रीज्यू, डा.गोविन्द केसीले राख्नुभएको कुन चाहिँ माग पूरा नहुने÷गर्न नसकिने छ ? कुन माग जनहित विपरीत छन् ?’ थापाले भनेका छन्,‘तपाईँ आफैले हिजो गरेको वाचा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र ?, डा.केसीसँग संवाद नै गर्दिन भन्ने तपाईँको हठले के तपाईँको मान बढाउँछ ?’

सत्याग्रहीमाथि दुराग्रह राखेर प्रधानमन्त्रीले मागको वेवास्ता गरे यसको मुल्य चुकाउनुपर्ने चेतावती थापाले दिएका छन्। डा.केसी स्वास्थ्य क्षेत्रको सुधारका विभिन्न ६ बुँदे मागसहित २२ दिनदेखि अनशनमा छन्। हुम्लाबाट अनशन थालेका डा केसी हाल टिचिङ अस्पतालमा अक्सिजनको साहरा लिइरहेका छन्।


  •  
  •  
  •