सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन् : गगन थापा

50
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले बालुवाटारमा तमासा भएको टिप्पणी गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवादलाई लिएर उनले सामाजिक सञ्जाल फेसबुक मार्फत बालुवाटारमा तमासा भएको टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘बालुवाटारमा तमासा छ । ‪सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन् । तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले । बरु यिनको त गति र प्रभाव बढ्दो छ।‬ ‪त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ स् अति भयो यो तमासा, अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् ।’

स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि नेकपाभित्र विवाद बढेको छ ।


  •  
  •  
  •