उम्मेदवारी घोषणासभामा गगनको जोसिलो भाषण (अडियोसहित)

662
  •  
  •  
  •  

काठमाडौँ, १९ फागुन (ओएनएस) : उम्मेदवारी घोषणाका क्रममा गगन थापाले जोसिलो भाषण गरे । उनले आफू गणतन्त्रका पक्षमा बोल्दा पार्टीभित्रैबाट राजावादीको अरोप खेप्नुपरेको प्रसंग स्मरण गराए ।

आगामी ०८८ सालभित्र आर्थिक विकासका माध्यमबाट मुलुकको कायापलट गर्नुपर्ने आवश्यकता औँल्याए । बीपीको उत्तराधिकारी बन्न रगत होइन, विचार बगेको हुनुपर्ने भन्दै कसैको नाम नलिई अन्य नेता उत्तराधिकारी हुन नसक्ने बताए ।

६२ प्रतिशत मतदाता ४० वर्षमुनिको रहेको भन्दै महाधिवेशनमा गरेको मतदानका आधारमा युवा पुस्ताले अब स्थानीय निकाय, प्रदेश र संघीय व्यवस्थापिकाका लागि हुन लागेको निर्वाचनमा अन्य महाधिवेशन प्रतिनिधिहरूको पनि मूल्यांकन गर्ने बताए ।

पूरा भाषण सुन्नुहोस् :


  •  
  •  
  •