सभासद् थापा र लामा विश्व युवा नेतामा छनौट

130
  •  
  •  
  •  

काठमाडौं ४ चैत ।  सभासद् गगन थापा र चाइल्डरिच नेपालका राष्ट्रिय निर्देशक डा. छिरिङ लामा विश्व आर्थिक फोरमको ‘विश्व युवा नेता’ मा छानिएका छन् । फोरमले हरेक बर्ष चालिस बर्ष भन्दा कम उमेरका युवा उद्मी तथा सामाजिक अभियन्तलाई छान्ने गर्दछ ।

यसबर्ष विश्वभरमा १ सय ८७ जनालाई छान्ने क्रममा नेपालका दुई जना परेको फोरमले जानकारी गराएको छ । फोरमले जेनेभामा जारी गरेको बिज्ञप्ति अनुसार यसअघि नेपालबाट सन् २००८ मा आस्मी राना र २०१० मा असुतोष तिवारी छानिएका थिए ।

२०१५ का लागि पूर्वी एशियाबाट २३, मुख्य भूमी चीनबाट १७, युरोपबाट ३९, दक्षिण अमेरिकाबाट १३, मध्यपूर्व र उत्तर आफ्रिकाबाट १५, उत्तर अमेरिकाबाट ४४, दक्षिण एशियाबाट १९ र सवसहारन आफ्रिकाबाट १७ जना छनौटमा परेका छन् । उनी २००० जनाबाट छानिएको पनि उल्लेख गरेका छन् ।  कान्तिपुरबाट


  •  
  •  
  •