गगन थापा भन्छन् : देशमा सरकार नभएको अनुभूति भयो

194
  •  
  •  
  •  

तुलसीपुर, ८ बैशाख (ओएनएस) : सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले वर्तमान सरकारको भूमिकाप्रति कटाक्ष गर्दै सरकारबिहीनताको आभाष भएको बताएका छन् ।

दाङमा भएको एक कार्यक्रममा जाजरकोटमा महामारी फैलिरहेको बेला चासो नदिएको भन्दै थापाले सरकारको आलोचना गरेका हुन् । थापाले भने, ‘जाजरकोट रोगले ग्रस्त छ, सरकारले त चासो राखेन, प्रतिपक्ष दल समेत मस्त निद्रामा छ । ’

ठुला दुई दल मिलेर नेपालमा सरकार चलाएको प्रति पनि थापाले आलोचना गर्दै बिश्वको संसदीय तथा लोकतान्त्रिक मुलुकमा यस्तो व्यवस्था नभएको बताए । एउटा ठुलो दलले सरकार चलाउने अर्को प्रतिपक्षमा बसे मात्र नागरिकले शुसासनको अनुभूति गर्न पाउने थापाको भनाइ थियो ।

थापाले १३औ महाधिवेशनबाट पाटी नयाँ अध्यायमा पाउने समेत बताए । महाधिवेशनबाट केन्द्रिय समितिमा रहेको निर्णयकर्ता र साक्षि बस्ने संस्कार हट्ने पनि बताए । उनले भने, ‘नेपाली काग्रेस मुलुककै सबै भन्दा पुरानो पाटी हो तर पनि संस्कार र संस्कृतीमा चल्न अझै पनि सकेको छैन ।’


  •  
  •  
  •