गगनले एमाओवादीका सांसदलाई पनि समितिमा बोलाए

122
  •  
  •  
  •  

Gagan-thapaकाठमाडौं, ११ फागुन (ओएनएस) :  संसद्को कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले प्रतिपक्षी एमाओवादीलाई संसदीय समितिमा आएर सशक्त प्रतिपक्षको धर्म निर्वाह गर्न आग्रह गरेका छन् ।

समितिको सोमबारको बैठक पनि निर्णय नंम्बर एक मै निर्णय गर्दै प्रतिपक्ष नहुँदा सरकारको स्वेच्छाचारिता बढ्ने भन्दै समितिका बैठकमा सहभागि हुन आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘संसदीय समितिसंसदको नियमित वैठक नबसेको अवस्थामा सरकारका काम कारवाहीलाई जवाफदेही वनाउने, लक्षित कार्यक्रमहरु समयमा नै उपलव्धिमूलक र प्रभावकारी रुपमा सम्पन्न हुने वातावरण निर्माण गर्ने र सरकारको स्वेच्छाचारितालाई रोक्ने सशक्त माध्यम हो, संसदीय समिति बहिष्कार गरेर होईन क्रियाशिल बनाए नै सरकारलाई जवाफदेही वनाउन सकिन्छ । अत: संसदीय समितिका बैठकलाई नियमित रुपमा सुचारु गर्न समितिका वैठकमा उपस्थित हुनका लागि समितिका सम्पूर्णमा सदस्यहरुलाई यो बैठक हार्दिक आह्वान गर्दछ ।’


  •  
  •  
  •