विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्नु गैरकानूनीः गगन थापा

55
  •  
  •  
  •  

फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने कुरा गैरकानुनी भएका बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई ट्विटरमा मेन्सन गर्दै थापाले अघिल्लो सरकारले कानुनविपरीत गरेको निर्णयको भारी नबोक्न पनि सुझाएका छन् ।

‘कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ,’ देउवालाई मेन्सन गर्दै थापाले ट्विट गरेका छन्, र, तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ ।’

सम्माननीय @PM_nepal_ ‘कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ। pic.twitter.com/vijlgkYCY5

— Gagan Thapa (@thapagk) July 21, 2021


  •  
  •  
  •