महामारीविरूद्ध प्रम इमान्दार भएर लाग्ने हो भने साथ दिन तयार छौं: गगन थापा

102
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ‌ओली इमान्दार रूपमा कोरोना महामारीविरूद्ध काम गर्ने हो भने आफूहरूले सहयोग गर्ने बताएका छन्।

थापाले एक भिडिओ सार्वजनिक गर्दै महामारीसँगै लडिरहेका नेपालीका ज्यान जोगाउनलाई प्रधानमन्त्री ओली लाग्ने हो भने आफूजस्ता कयौंले साथ दिने बताएका छन्।

‘तपाईं इमान्दारितापूर्वक यो महामारीसँग जुधिरहेका नेपाली जनताको जीवन जोगाउन लाग्ने हो भने म र मजस्ता कयौंलाई नदीको अर्को किनारामा होइन तपाईंसँगै उभिएको पाउनु हुनेछ,’ थापाले भनेका छन्।

प्रधानमन्त्रीले सबै ध्यान र समय कोरोना महामारीविरूद्ध लगाएमा सरकारलाई सफल बनाउन सबैले सहयोग गर्ने पनि उनले बताए।

‘योपटक फरक ढंगले काम गरौं। अक्सिजन नपाएर छटपटाएकालाई सास दियौं र आर्यघाट पुग्ने शवलाई घटाउने काम गरौं। महामारीविरूद्ध मिलेर काम गरौं,’ उनले भने।

 

 


  •  
  •  
  •