गगन थापा भन्छन् : अहिलेको बखेडा केही नेताको छुद्र स्वार्थको परिणाम

134
  •  
  •  
  •  

Gagan-thapaकाठमाडौं, ११ फागुन (ओएनएस) :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले केही नेताको छुद्र स्वार्थ सहमतिको बाधक भइरहेको बताएका छन् ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै त्यस्ता नेतालाई भविष्यमा आफ्नो हैसियत के हुने भन्ने पीडाले सशंकित बनाएकाले सहमति बन्न नदिने खेलमा लागेको बताए ।

‘संविधानको अन्र्तवस्तुमा खासै विवाद छैन, संघीयताको विवादमा पनि सहमति बनाउन सकिन्छ,’ थापाले कडा शब्दमा भने, ‘अहिलेको बखेडा केही नेताको छुद्र स्वार्थको परिणाम हो ।’ थापाले छुद्र स्वार्थ देखाउने को हो स्पष्ट नपारे पनि एमाओवादीलगायत विपक्षी मोर्चाका प्रभावशाली नेताहरुतर्फ संकेत गरे ।

थापाले १६ फागुनभित्र सहमति नगरे देश द्वन्द्वमा फस्ने खतरा औल्याएका छन् । सत्तापक्ष र विपक्षी मोर्चा दुवै आ–आफ्ना स्वार्थलाई थाती राखेर तत्काल सहमति बनाउनुको विकल्प नभएको बताए । उनले भने, ‘फागुन १६ अगावै सहमति गर्न दलहरु गम्भीर नभए देश भड्खालोमा फस्छ ।’ संघीयताको विषयलाई टुँगोमा पु-याउन तत्काल सार्थक सम्वाद तथा समझादारी हुनुपर्नेमा जोड दिए ।

थापाले दुवै पक्षले अघि सारेका साझा अवाधारणमा आधारित भएर फेरि पनि छलफल गर्ने हो भने समस्याको समाधान नहुने तर्क गरे । थापाले एमाओवादी नेतृत्वको मोर्चाले काँग्रेस र एमालेले ०४७ सालकै संविधान जारी गर्न लागे भन्नु र राप्रपा नेपालले काँग्रेस र एमालेले ०४७ सालको संविधान जारी गर्न दिएनन भन्ने एउटै विषयका वारेमा फरक फरक आरोप लगाएको उल्लेख गर्दै एउटै विषयमा लगाएका फरक फरक आरोपमा एकरुपता हुनै नसक्ने भन्दै आफूहरु कुनै पनि हालतमा पछि नफर्कने स्पष्ट पारे ।


  •  
  •  
  •