गगनसहित घाइतेको उपचार गराउन कांग्रेसको माग

328
  •  
  •  
  •  

काठमाडौँ, १८ मंसिर (ओएनएस) : नेपाली कांग्रेसले बमप्रहारबाट घाइते भएका युवा नेता गगन थापाको उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । निर्वाचन प्रचारप्रसारको अन्तिम दिन घरदैलो कार्यक्रममा रहेका थापालाई लक्षित गरी काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ मा अज्ञात समूहले बम प्रहार गरेको थियो ।

थापाको कान, ढाड र खुट्टामा सामान्य चोट लागेको छ । बम विस्फोटबाट घाइते भएका धु्रब खड्का, जयराज लामिछाने, रामकाजी श्रेष्ठ, सुमन खड्का, रविन्द्र कार्की, पुस्कर श्रेष्ठ, राधिका कार्की, कासिलाल श्रेष्ठ, रिमा बस्नेत र रोसनराम थापाको समेत उपचारको व्यवस्था मिलाउन कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसको पक्षमा आएको जनलहर देखेर आत्तिकएको समूहले विस्फोट गराएको आरोप समेत कांग्रेसले लगाएको छ । तर, सरकारी सुरक्षा व्यवस्थाबारे भने कांग्रेसले मौनता साँधेको छ ।

लोकतन्त्र विरोधी तत्वको बम विस्फोटबाट कांग्रेस विचलित नहुने समेत विज्ञप्तीमा उल्लेख छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा घटनाको भत्र्सना गर्नुका साथै दोषीलाई तत्काल कारबाही गर्न माग गरिएको छ ।


  •  
  •  
  •