उपकरण किन्ने प्रक्रिया अगाडि नबढाइदिँदा जुटाएको बजेटपनि फ्रिज भयो : गगन थापा

139
  •  
  •  
  •  

gagan thapa

काठमाडौं, २५ साउन (औएनएस) : स्वास्थ्य संस्थामा उपकरण किन्नका लागि आफूले ल्याएको बजेट फ्रिज भएकोमा निर्वतमान स्वास्थ्यमन्त्री गगन थापाले चिन्ता व्यक्त गरेका छन् ।

आफ्नो कार्यकालमा सबै सरकारी स्वास्थ्य संस्थाहरुमा उपकरण पुग्नेगरी बजेटको व्यवस्था गरि प्रक्रिया सुरु गरेपनि त्यसलाई अगाडि नबढाउँदा रकम फ्रिज भएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् ।

उनले आफ्नो कार्यकाल सकिने वित्तिकै उपकरण किन्ने कुनै प्रक्रिया अगाडि नबढ्दा रकम त्यसै फ्रिज भएको उनको भनाई छ ।

नेपाल स्वास्थ्यकर्मी संघ, केन्द्रीय युवा समितिले प्रकाशन गरेको स्वास्थ्यकर्मी नामक स्मारिकाको विमोचन कार्यक्रममा बोल्दै मन्त्री थापाले मन्त्रालयको बजेट बढाउने भन्दा पनि भएको बजेटलाई फ्रिज हुन नदिनु बढी बुद्धिमानी हुने बताए ।

मन्त्रालयलाई छुट्याईएको करोडौ रुपैया खर्च नभएर फ्रिज भइरहेका बेला बजेट बढाउछु भन्नु उपयुक्त नहुने पनि उनले बताए । स्वास्थ्यकर्मीहरुका सन्तानलाई स्वास्थ्य शिक्षामा सहुलियत र प्राथमिकता दिनेगरी आफुले केही प्रक्रिया अगाडी बढाएको जानकारी दिदै थापाले त्यसलाई पुरा गरेर कार्यान्वयनमा लैजान ध्यानकर्षण गराए ।


  •  
  •  
  •