धर्नामा गगन

320
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को सडक तत्काल बनाउन माग राख्दै नेपाली कांग्रेसका सांसद गगन थापा धर्नामा उत्रिएका छन् ।

सोही क्षेत्रबाट निर्वाचित सांसद थापसँगै काठमाडौंका ४ का स्थानीयबासीले पुल्चोकस्थित सडक विभागको कार्यालय चाकुपाटमा धर्ना दिएका हुन् ।

ठेक्का लागेको ९ वर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सांसद थापाको नेतृत्वमा काठमाडौं ४ का जनताले धर्ना दिएका हुन् ।

काठमाडौं ४ अन्तर्गत कपन र बुढानीलकण्ठ क्षेत्रमा १२ ओटा सडक विस्तारका क्रममा छ । तर, ठेक्का लागेको लामो समय भइसक्दा पनि काम सम्पन्न नभएपछि शैलुङ कन्ट्रक्सन लगायतका निर्माण कम्पनी विरुद्ध धर्ना दिइएको जनाइएको छ ।

सडकको काम २० प्रतिशत भन्दा कम मात्रै काम भएको र फेरि पुरानै कम्पनीलाई २ वर्षको म्याद थप गरी ठेक्का दिन लागेपछि धर्नामा बस्नुपरेको उनीहरुले बताएका छन् ।

कांग्रेस सांसद थापाले अझै आफूहरुको माग सुनुवाई नभए सडक विभाग र मन्त्रालयबिरुद्ध सुरु भएको सडक संघर्षलाई सिंहदरबार भित्र लैजाने चेतावनी दिए ।

उनीहरुले करिव एक घन्टा धर्ना दिएका थिए ।


  •  
  •  
  •