पुस्तकमा भन्सार लगाएर ज्ञानमा नियन्त्रण गर्न खोजियो : थापा

244
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले पुस्तक आयातमा भन्सार लगाएर ज्ञानमा नियन्त्रण गर्न खोजेको बताएका छन् ।

फाइल फाेटाे

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद थापाले, किताबलाई महँगो बनाउँदै यसमा नियन्त्रण गर्नु र प्रकारान्तरमा ज्ञानमा नियन्त्रण गर्ने उद्धेश्यले यस्तो व्यवस्था गरिएको बताए ।
आर्थिक वर्ष ०७६/७७ को बजेटमा विदेशमा प्रकाशित पुस्तकमा लगाइएको १० प्रतिशत भन्सारको विरोध गर्दै उनले सो धारणा राखेका हुन् ।

थापाले भन्सार लगाउँदा स्वदेशी मुद्रण उद्योग र राजस्व संकलनमा टेवामा पुग्छ भन्ने कुरा सही नभएको बताए ।


  •  
  •  
  •