फेरि मारमार होला (गजल)

568
  •  
  •  
  •  

दाईभाइ छोडी टाढा अन्तै प्यार होला ।
नजिकिदै छ चुनाव फेरी मारमार होला ।
गरिबका आर्तनादहरु कुल्चिएर शासन गर्दा
आलिसान महल र महंगो कार होला ।

लडाइ जित्न निमुखाको हात सदा चाहिएकै छ
माला थाप्ने अर्कै होला जनताको हार होला ।

फेरिएनन् दिनहरु ईतिहास फेरिए पनि,
बरु उजाडीएको आफ्नो उहिँ घरवार होला ।

देश बेचेर घरवार बनाउने सफना देखेकाहरुको ,
फेरि भोट किन्न नोटकै व्यापार होला ।

-दिपेन्द्र शाह ‘वियोग’

बुढिगंगा नगरपालिका ३ बाजुरा


  •  
  •  
  •