गैससका परियोजना स्थानीयको प्राथमिकताअनुसार

81
  •  
  •  
  •  

काठमाडौं । समाज कल्याण परिषद्का सदस्य सचिव राजेन्द्रकुमार पौडेलले स्थानीय तहका मेयर र अध्यक्षहरुलाई गैरसरकारी क्षेत्रबाट आउने कार्यक्रमहरु आफ्नो हितअनुकल हुनेगरी स्वीकार गर्न आग्रह गरेका छन् ।

आड्रा नेपालले आयोजना गरेको जिविकोपार्जन तथा शुसासन र बरदान परियोजनाको समापनका अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुबाट आउने परियोजनामा स्थानीय प्राथमिकताहरुलाई पारेर काम गर्न सके समुदाय, स्थानीय निकाय र विकास साझेदार सबैको उदेश्य प्राप्त हुने बताए ।

कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै प्युठान स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्र रोकायाले विकास साझेदारहरुमार्फत प्युठान जिल्लामा उद्यमशिलता र महिला शसक्तिकरणको क्षेत्रमा उल्लेख्य काम भएको बताए । उनले गैरसरकारी संस्थाहरुको कार्यक्रम बनाउँदा पालिकाहरुलाई संलग्न बनाए परियोजनाहरु थप प्रभावकारी हुने बताए ।

आड्रा नेपालले रोल्पा र प्युठानमा सञ्चालन गरेको उद्यमशिलता र जिविकोपार्जनसम्बन्धी परियोजनाबाट १७,२,१३ जना प्रत्यक्ष लाभाविन्त भएको सो अवसरमा जानकारी दिइएको थियो ।

त्यसैगरी काभ्रेमा सञ्चालन भएको विपत् व्यवस्थापसम्बन्धी परियोजनाबाट ५०,०० जना प्रत्यक्ष लाभान्वित भएको आड्राले जनाएको छ ।


  •  
  •  
  •