गढीमाई मेलामा दिइने पशुबली प्रथालाई निरुत्साहन गरिने

573
  •  
  •  
  •  

काठमाडौं । प्रदेश २ सरकारले बाराको गढीमाई मेलामा दिइने पशुबली प्रथालाई निरुत्साहन गर्ने भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले सोमबार एक प्रेस विज्ञप्ति निकालेर समयको परिवर्तनसँगै विभिन्न किसिमका प्रथा, परम्परा र अभ्यास स्वरुप बली प्रथालाई निरुत्साहित गर्दै लैजाने बताए ।

यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘धार्मिक तथा सांस्कृतिक मेला, पर्व र उत्सवहरु हाम्रो गौरवशाली धरोहर भएकाले यसलाई मानवीय मूल्य, मर्यादा र गरिमा अनुरुप सात्विक ढंगले मनाउन सरोकारवाला, स्थानियवासी एवं श्रद्धालु भक्तजनसँग आग्रह गर्दछु ।’

पशुबलीलाई निरुत्साहित गर्दै यसपाली गढीमाई मन्दिरमा चढाइने परेवा संरक्षण गर्न २० जना स्वयंसेवक परिचालन पनि गरिएको छ ।

अहिले गढीमाई मेलामा भक्तजनको घुइँचो बढेको छ । गढीमाई मेला गएको मंसिर १ गतेदेखि सुरु भएको हो ।

हेर्नुहोस् विज्ञप्ति

 


  •  
  •  
  •