दलितले लुटेर लगे बलि चढाइएका राँगा

143
  •  
  •  
  •  

काठमडौं १४ मंसिर ।
बाराको गढीमाई मेलामा बलि चढाइएका रागाँ स्थानीय दलि समुदायले लुटेर लगेका छन् । एक करोड ६० लाखमा ठेक्का लगाइएका राँगा ठेकेदारलाई लानै नदिई दलित समुदायले शुक्रवार राति सबै लुटेका हुन् ।

बलि सकिएलगत्तै ठेकेदारले राँगा तथा पाडा उठाउने तयारी गरेको अवस्थामा बधस्थलमा दिउँसोदेखि अवरोध गर्न हजारौंको संख्यामा आएका दलितले राति लुटेका हुन् । करिब पाँच हजारको संख्यामा बलि चढाइएको राँगा तथा पाडाले भरिएको बधस्थल शनिवार बिहान भने खाली देखिएको थियो ।

यसअघि दलित समुदायले गढीमाईमा बलि चढेका रांगा बहिष्कार गर्ने बताउँदै आएका थिए । दलित समुदायका नेताहरुले महिना दिनदेखि नै सिनो बहिष्कारको अभियान चलाउँदै आएपनि उनिहरुको प्रयास निरर्थक बन्न पुग्यो ।

राजनीतिक दलमा आवद्ध दलितहरु सिनो बहिष्कार गर्ने अभियानमा सबै नेता एक भएका थिए । तर अन्तिम समयमा हजारौको संख्यामा आएका दलितले नेताको अभियानलाई बेवास्ता गर्दै बलि चढेका राँगा बोकेर घर लगेका छन् ।

हजारौको संख्यामा आएका दलितले बलि चढाइएको राँगा तथा पाडा प्रसादीको रुपमा आफुहरुले पाउनुपर्ने बताएपछि गढीमाई क्षेत्र हिजो तनावपूर्ण बन्न पुगेको थियो ।

करिब दुई सयको संख्यामा रहेका प्रहरीले बधस्थललाई घेरेर राखेका थिए । राँगा तथा पाडा उठाउन लागेको भिड्लाई तितरवितर पार्न प्रहरीले प्रयास गरेपनि ढुंगा गर्न थालेपछि प्रहरी पछाडि हटेको हो ।

गढीमाई मेला ब्यवस्थापन समितिका सचिव मोतीलाल कुशवाहाले राँगा तथा पाडा उठाउन आउनेको भिड्लाई हटाउन खोज्दा अर्को दुर्घटना हुनसक्ने खतरा बढेकाले आफूहरु पछि हटेको बताए ।

लाखौ संख्यामा भक्तजन रहेको मन्दिर क्षेत्रमा भागदौड मच्चिदा हुनसक्ने दुर्घटनाप्रति सचेत हुदै बल प्रयोग नगरिएको कुशवाहाको भनाइ थियो । अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •