गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी

206
  •  
  •  
  •  

काठमाडौं, १५ जेठ(ओएनएस) : नेपाली कांग्रेसले १२ औं गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बुधबार बिहान काठमाडौंमा प्रभातफेरी आयोजना गरिएको हो ।

शान्ति बाटिकाबाट शुरु भएको प्रभातफेरी, जमल, असन, इन्द्रचोक, नयाँ सडक हुँदै रत्नपार्कमा आएर समापन भएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका प्रमुखसमेत रहेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसको अगुवाईमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउने दायित्व कांग्रेसकै भएको बताए ।

उनले सत्ताधारी दलका नेताहरुले संघीयता, गणतन्त्र र समाबेशीमा बिश्वास नगर्ने भएकोले प्रतिपक्षमा भए पनि प्राप्त यस्ता उपलब्धीलाई संस्थागत गर्ने मूल दायित्व कांग्रेसको भएको बताए ।

जतिसुकै प्रतिकुल परिस्थितिमा पनि हिजोका दिनमा कांग्रेसले देश र जनताका पक्षमा काम गरेको स्मरण गराउँदै उपसभापति निधिले आजको ऐतिहासिक दिनमा हामीले पुनः त्यो जिम्मेवारी पूरा गर्ने प्रण गर्नुपर्ने बताए ।


  •  
  •  
  •