प्रचण्डलाई गच्छदारको सुझाव : बेलामा दरिलो निर्णय लिन नसके नेता भइदैन

120
  •  
  •  
  •  

INDIA-NEPAL-DIPLOMACYकाठमाडौं, माघ २७ (ओएनएस) : मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफू आन्दोलनको पक्षमा नभएको स्पष्ट पार्दै देशले आन्दोलन र द्वन्द्व थेग्न नसक्ने बताएका छन् । उनले आफुले गरेको प्रस्तावमा एमाओवादीका अध्यक्ष प्रचण्डले समयमा सशक्त निर्णय लिन नसकेमा गुनासो गरेका छन् । रिपोर्टर्स क्लबले मंगलबार गरेको कार्यक्रममा उनले भने, ‘बेलामा दरिलो निर्णय लिन नसके नेता भइदैन ।’

आफू सधै वार्ता, संवाद र सहमतिको पक्षमा रहेको स्पष्ट पार्दै सबै मिलेर संविधान निर्माण गर्नुको विकल्प नभएको स्पष्ट पारे । आफूले राजनीतिक सहमतिका लागि गरेको प्रस्तावलाई बेवास्ता गर्दा अहिले दलहरुवीच सम्वादको तार टुटेको बताए ।

उनले भने, ‘मैंले संविधानको विवाद समाधानका लागि बीचको मार्ग प्रस्ताव गर्दा प्रचण्डजीले त चाहनुभएको थियो तर उहाँले एसर्ट गर्न सक्नुभएन, मेरो कुरा मानिदिएको भए देश सहमतिको बाटोमानिकै अघि बढिसक्थ्यो ।’

आन्दोलनको सोचलाई हावी हुन नदिनेतर्फ आवश्यक कदम चालिहाल्नु पर्नेमा जोड दिए । उनले भने, ‘मुलुक बन्द, हडताल र आन्दोलनमा जानै सक्दैन त्यसलाई रोक्न सहमतिको विकल्प छैन ।’ गच्छदारले सत्तारुढ दलले दुई तिहाईको बहुमतबाट संविधान जारी गर्ने दम्भ त्याग्नु पर्ने र प्रतिपक्षीहरुले सडकमा जाने हठ त्याग्नुपर्ने धारणा अघि सारेका छन् ।

उनले सहमतिको वातावरण निर्माणमा प्रधानमन्त्री सुशील कोइराला चुके देश द्वन्द्वमा जाने बताए । रिपोर्टर्स क्लब नेपालको विशेष साक्षात्कारमाबोल्दै प्रधानमन्त्रीले निर्वाह गर्ने भूमिकाले देश सहमति वा द्वन्द्वमापुग्ने निक्र्यौल गर्ने बताए । सहमतिका लागि वातावरण बनाउन प्रधानमन्त्री लचक बन्नुको विकल्प नभएको स्पष्ट पारे ।

उनले भने, ‘प्रधानमन्त्रीद्धारा विपक्षीलाई वार्ताको लागिजारी गरिएको लिखित आह्वान सकारात्मक छ, विभिन्न आन्दोलनका सम्झौताअनुुसार अघि बढ्न तयार छु भन्ने पूर्ण प्रतिबद्धता आए र प्रश्नावली समितिले तयार पारेको प्रतिवेदनलाई थाती राखे आज र भोलिमा नै दलहरुबीच सम्वादको वाावरण बन्छ र वार्ता सुरु हुन्छ ।’

मधेशमा तीन वा चार प्रदेश बनाउँदा कुनै फरक नपर्ने तर्क समेत उनले गरे । सहमतिका लागि फराकिलो मन लिएर प्रस्तुत भएमा समस्याको समाधान हुने उनको विश्वास छ ।


  •  
  •  
  •