थाईल्याण्डकी भविष्यकी महारानीले दिइन् पदबाट राजीनामा

223
  •  
  •  
  •  

shree rasmiकाठमाडौ, २८ मंसिर(एजेन्सी) : भविष्यकी महारानीले पनि राजीनामा दिन सक्ने थाइल्याण्डमा व्यवस्था रहेको छ । राजदरबारका सदस्यहरूले आफ्नो सबै पदबाट राजीनामा दिन सक्छन् ।

यस्तै, थाइल्याण्डकी युवराज्ञी जो भविष्यकी महारानी हुन् उनले पनि आफ्नो पदबाट राजीनामा दिएकी छिन् । थाईल्याण्डका युवराज वजीरालोगकोर्णकी पत्नी श्रीरश्मीले शाही पद तथा पदवीहरूबाट राजीनामा दिएकी छिन् र उक्त राजीनामालाई थाईल्याण्डका नरेश भूमिबल अतुल्यतेजले पनि स्विकृत गरेका छन् । आफ्नो शाही पद र पदवीहरूबाट राजीनामा गरेपनि श्रीरश्मीले युवराजसँग सम्बन्धविच्छेद भने गर्नुपर्ने छैन् ।

थाइल्याण्ड त्यस्तो देश हो, जहाँ राजपरिवारमाथी औला उठाउनुलाई अपराध मानिन्छ र दोषीलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्छ । श्रीरश्मीको राजीनामाको जानकारी राजपरिवारले जारी गरेको विज्ञप्तिमा बताइएको छ र शाही ग्याजेटमा पनि प्रकाशित गरिएको छ ।


  •  
  •  
  •