फर्नेक्स एक्स्पो आगामी मङ्गलवारदेखि

83
  •  
  •  
  •  

 

काठमाडौं ५,भदौ (ओएनएस) ः फर्नेक्स नेपाल २०१४ आगामी मङ्गलवारदेखि हुने भएको छ । भृकुटीमण्डपमा हुने भनिएको सो एक्स्पो ५ दिनसम्म चल्ने आयोजक नेपाल फर्निचर तथा फर्निसिङ सङ्घले बताएको छ ।

उपभोक्तालाई उनीहरुले प्रयोग गर्ने वस्तुको बनावट तथा गुणस्तरका बारेमा जानकारी दिने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । एक्स्पोमा गलैचा,म्याट्रेस,कुसन,पर्दा,कार्पेटलगायत सामग्रीका ६७ ओटा स्टल रहने आयोजकले बताएको छ ।

मेलाको १ लाख ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अनुमान छ । साथै मेलामा आइडीसी २०१४ (इण्टेरियर डिजाइन कम्पीटीसन) आयोजना गरिने भएको छ । प्रतियोगितामा प्रथ,दितिय र। तृतियलाई क्रमशः ५० हजार,३० हजार र २० हजार रुपैयाँ तथा प्रमाणपत्र पुरस्कार प्रदान गर्ने बताइएको छ ।

 साथै सहभागी मध्ये २ जनालाईए ‘वेष्ट प्रिजेन्टर’ र ‘वेष्ट कलर कम्वीनेशन’ अवार्ड समेत प्रदान गरिने बताइएको छ । मेलाको सान फर्निचरले मुख्य प्रायोजन गर्ने भएको छ । त्यस्तै अन्य प्रायोजकमा एएफपी होम डेकोरेसन,हेरिटेज कार्पेट,पोलो फोमलगायत रहेको आयोजकले जानकारी दिएको छ ।


  •  
  •  
  •