मुटु नै कमाउने पेनड्राईभ…(तस्विरसहित)

702
  •  
  •  
  •  

पेनड्राईभ हामी प्राय डाटा सार्न वा चाहिएको डाटा सुरक्षित रूपमा राख्नका लागि प्रयोग गर्ने गर्छौ । हामीले अहिलेसम्म सामान्य पेनड्राइभहरू मात्र प्रयोग गरेका छौ । तर, बजारमा हामीले धेरै थरीका पेनड्राईभ देख्न र किन्न पाउँछौ भने केही पेनड्राईभहरु नेपाली बजारमा समेत उपलब्ध भइसकेका छैनन् । तर, ती पेनड्राइभ किन्ने इच्छा भने निकै प्रबल हुन्छ जब ती पेनड्राईभहरू देख्छौ । कुनै कुनै पेनड्राईभहरू यस्ता पनि छन् छन् जुन देख्दा डरलाग्दा छन् । हेरौ कस्ता छन् र के छन् ती पेनड्राईभका सुविधा…

funny-but-useful-pendriveऔला पेनड्राईभः औलाको आकारमा बनाइएको यो पेनड्राईभले पहिलो पटक देख्दा र सातो नै लिन्छ । जब त्यो पेनड्राईभ हो भन्ने थाहा हुन्छ अनुमात्र मानिस अचम्ममा पर्छ । औलाको भाग काटेर पेन ड्राईभ जोडिएको जस्तो देखीने भएकाले पनि मानिस डराउने सम्भावना बढी हुन्छ । उक्त पेनड्राईभ अमेजन डट कममा उपलब्ध छ । ८ जिबीको यो पेनड्राईभ विन्डोज ७, विन्डोज ८, विन्डोज भिष्टा, लिनक्स अपरेटिङ सिस्टम तथा एप्पल अपरेटिङ सिस्टममा पनि प्रयोग गर्न सकिन्छ ।

funny-but-useful-pendrive1मेटल गन पेनड्राईभः ८ जिबीको यो पेनड्राईभ देख्दा जोकोहीले पनि यसलाई पेस्तोल भन्छन् । पेस्तोल जस्तो देखिने यो पेनड्राईभ ८ जिबीको छ र यसमा पासवर्ड राखेर पेनड्राईभलाई सुरक्षित राख्न सकिन्छ । यो पेनड्राईभ सबै अपरेटिङ सिस्टममा प्रयोग गर्न सकिन्छ । यो मेटलले बनेको छ ।

funny-but-useful-pendrive2एके-४७ राईफल पेनड्राईभः १६ जिबी मेमोरी रहेको यो पेनड्राईभ विन्डोज ९८ र त्यो भन्दा माथीका सबै अपरेटिङ सिस्टममा प्रयोग गर्न सकिन्छ । यो मेटलबाट बनेको हो । यो पेन ड्राईभ पनि पासवर्ड राखेर डाटा सुरक्षित बनाउन सकिन्छ । यो पेनड्राईभमा १ वर्षको वारेन्टी पनि रहेको छ ।

funny-but-useful-pendrive3टिपट केटल पेनड्राईभः ४ जिबीको चिया बनाउने भाँडा आकारको यो पेनड्राईभ सबै विन्डोज अपरेटिङ सिस्टम, म्याक ओएस ९.एक्स र त्यो भन्दा माथिका सबै अपरेटिङ सिस्टम र लिनक्स २.४ भर्जन र त्यो भन्दा माथिल्ला सबै भर्जनमा प्रयोग गर्न सकिन्छ । यस पेनड्राईभमार्फत ३ एमबी प्रतिसेकेण्डको गतीमा डाटा ट्रान्सफर गर्न सकिन्छ । यो पेनड्राईभमा १ वर्षको वारेन्टी पनि रहेको छ ।


  •  
  •  
  •