फुजेल हत्या काण्डका फरार आरोपी पक्राउ

161
  •  
  •  
  •  

काठमाडौं ६ पुस (ओएनएस) : गोरखा फुजेल–७ का कृष्णप्रसाद अधिकारी हत्या प्रहरणमा एकजनालाई पक्राउ गरिएको छ । लामो समयपछि फरार रामप्रसाद अधिकारीलाई काठमाडौंको बालाजुबाट पक्राउ गरेको हो । चितवन प्रहरीको सूचनाका आधारमा चितवनबाट आएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरी निरीक्षक रुगमबहादुर कुवँर नेतृत्वको टोलीले अधिकारीलाई पक्राउ गरेको हो । पक्राउ गरिएका अधिकारीलाई आज चितवन लागिएको कुँवरले ओएनएसलाई बताए ।

रामप्रसादलाई मोवाइल ट्र्याक गरेर उनी रहेको स्थान पत्ता लगाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोबाइल लोकेशनका आधारमा चितवनबाट आएको प्रहरीले वनस्थलीमा कम्युनिकेशन कर्नर चलाएर बसिरहेका उनलाई वनस्थलीबाट पक्राउ गरिएको हो ।

छोराका हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनशनकै क्रममा नन्दप्रसाद अधिकारीले करिव तीन महिना अघि ज्यान गुमाएका थिए । उनकी श्रीमती गंगामाया अधिकारी भने अहिले उपचारको क्रममा अस्पतालमै रहेकी छन् । घटना भएको लामोसमय पछि प्रहरी फेरी सक्रिय बनेर थप आरोपितलाई पक्राउ गरेको हो ।

चितवन जिल्ला अदालतले १३ जनाको नाममा वारेन्ट जारी गर्दा पक्राउ परेका अधिकारी फरारको सुचीमा थिए । चितवनको रत्ननगर नगरपालिकाबाट तत्कालिन नेकपा माओवादीले अधिकारीको जेठ २३ गते अपहरण गरि जेठ २४ गते गोली हानी हत्या गरिएको थियो ।


  •  
  •  
  •