इन्धन कारोबार निजि क्षेत्रलाइ खुला गर्न सिफारिश

158
  •  
  •  
  •  

काठमाडौं, २३ जेठ (ओएनएस) : पेट्रोलियम पदार्थको कारोबार नियमित गर्न व्यबस्थापिका संसदले गठन गरेको संसदीय अध्ययन समितिले इन्धनको कारोबार निजि क्षेत्रलाइ खुला गर्ने सिफारिश सहतिको प्रतिवेदन सभामुखलाइ बुझाएको छ ।

संसिवधानसभा भवन नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा समितिका संयोजक कांग्रेस सभासद पद्मनारायण चौधरीले प्रतिवेदन सभामुख सुवास नेम्वाङलाइ बुझाएका हुन् ।

प्रतिवेदन ग्रहणगर्दै सभामुख नेम्वाङले संसदको आगामी बैठकमा प्रतिवेदन पेशगरी कार्यान्वयनमा ल्याउन संसदले भूमिका खेल्ने बताए ।

‘इन्धन आपुर्ती सम्बन्धमा पहिलो पटक संसदीय समितिले अध्ययन गरेको छ, नेम्वाङले भने, ‘अन्य प्रतिवेदन जस्तो यो अलपत्र पर्दैन, कार्यान्वयनको अनुगमनको लागि संयन्त्र बन्छ ।’

सभापति चौधरीले समितिको प्रतिवेदन कार्यान्वयन भएमा नेपाल आयल निगम आत्मनिर्भर बन्ने विश्वास व्यक्त गरे । संसदको बैठकमा पेश गरेपछि मात्र सार्बजानिक गर्ने भन्दै प्रतिवेदनको सिफारिश गोप्य राखिएको छ ।

समितिले इन्धनको आपूर्ती सहज गर्नका लागि समय सापेक्ष पेट्रोलियम पदार्थको कारोबार सम्बन्धी ऐन ल्याउन पनि सरकारलाइ सुझाव दिएको छ । यसैगरी निगमको आन्तरिक सुधार, खरिद बिक्री पारदर्शी बनाउन सिफारिश गरिएको छ ।

‘इन्धन कारोवार सम्बन्धी छुट्टै कानून बनाएर निजि क्षेत्रलाइ इन्धनको कारोबार गर्नखुला गर्नुपर्ने सुझाव दिइएको छ’ समितिका एक सदस्यले भने । इन्धनमा भएको मूल्यबृद्धिको बिरोधमा विपक्षी दलले सदन अबरोध गरेपछि गत चैत्र १४ गते ११ सदस्सीय समिति गठन गरिएको थियो ।


  •  
  •  
  •