समितिको निर्देशन बिपरित अझै घटेन इन्धनको मूल्य

501
  •  
  •  
  •  

काठमाडौँ, ११ पुस ।
संसदीय समिति मातहतको उपभोक्ता हित सम्बन्ध उपसमितिले इन्धनको मूल्य स्थगन गर्न दिएको निर्देशन तीन दिन बित्दासमेत कार्यान्वयन हुन सकेको छैन ।

आयल निगम आफैले बनाएको कार्यविधि विपरीत इन्धनको मूल्य बढाएपछि बिहिीबार बसेको उपसमिति बैठकले बढेको मूल्य स्थगन गर्न आपूर्ति मन्त्रालय र निगमलाई निर्देशन दिएको थियो ।

तर, निर्देशन कार्यान्वयनमा मन्त्रालय र निगमले अटेरी गरेका छन् । मूल्य स्थगन गर्न ढिलाई गरेपछि आइतबार बसेको उपसमिति बैठकले मन्त्रालयसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले मूल्य स्थगनबारे निगमका प्रबन्ध निर्देशक गोपाल खड्काको संयोजकत्वमा समिति गठन गरेको बताए । समितिको अध्ययन प्रतिवेदनअनुसार निर्णय गरिने उनले बताए ।

निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयनको कार्यविधि २०७१ विपरीत इन्धनको मूल्य बढाएपछि सांसद तथा उपभोक्ता अधिकारकर्मीहरुले आलोचना गर्दै आएका छन् ।

कार्यविधिअनुसार प्रतिलिटर २ प्रतिशतभन्दा मूल्य घटबढ गर्न पाइँदैन । तर निगमले कार्यविधि विपरत गत मंगलबार मूल्यबृद्धि गरेको थियो ।
कान्तिपुरबाट


  •  
  •  
  •