लुम्बिनी अञ्चलका ठूला क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेन

243
  •  
  •  
  •  

बुटवल, १९ फागुन (अाेएनएस) : लुम्बिनी अञ्चलका ठूला क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव रोकिएको छ ।

पश्चिमाञ्चलको दोस्रो ठूलो क्याम्पस बुटवल बहुमुखी क्याम्पसमा पनि चुनावी प्रक्रिया रोकिएको छ ।

त्यसैगरी, बुटवलको लुम्बिनी वाणिज्य क्याम्पस, राममणि वहुमुखी क्याम्पस भैरहवाका रुपन्देही तथा भैरहवा बहुमुखी क्याम्पसमा पनि निर्वाचन हुन सकेन ।

रुपन्देहीको यज्ञोदय दुधनाथ थारु क्याम्पस फसाटिकर, सरस्वति संस्कृत क्याम्पस मणिग्राम, हरैया बहुमुखी क्याम्पस रुद्रपुर र देवदह आर्दश क्याम्पस देवदह खैरेनीमा मात्र निर्वाचन भएको छ । जसमध्ये देवदहमा अखिल तथा संस्कृत क्याम्पसमा नेविसघले जित हासिल गरेको छ ।

रुपन्देहीको मणिग्राममा रहेको सरस्वती संस्कृत विद्या पिठमा नेपाल विद्यार्थी संघको प्यानल निवार्चित भएको छ । स्ववियु सभापतिमा नेबिसंघका विष्णु पौडेल निर्बाचित भएका छन् । पौडेलले २९ मत र निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका भुवन अर्यालले २३ मत प्राप्त गरेको निर्वाचन अधिकृत बासुदेव गौतमले जानकारी दिए । त्यस्तैगरी, सचिवमा तुलसीराम गैरे, कोषाध्यक्षमा टेकप्रसाद पराजुली र एक सदस्यमा कृष्णप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।

पश्चिम फर्साटिकरमा रहेको यज्ञोदय दधनाथ थारु बहुमुखी क्याम्पस, देवदह बहुमुखि क्याम्पस तथा हरैया बहुमुखी क्याम्पसमा निर्वाचन भएको हो । पाल्पा जिल्लाका २ ठूला क्याम्पसमा तालाबन्दीका कारण स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन सकेन । तानसेनस्थित मुलुककै जेठो त्रिभुवन बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले गरेको तालाबन्दीका कारण युनियनको निर्वाचन हुन नसकेको हो ।

नेविसंघले क्याम्पस प्रशासन, विविएम, आम्दानी शाखा, निर्वाचन कार्यालयमा तालाबन्दी गरेको छ ।उता, रामपुरस्थित शहिद बहुमुखी क्याम्पसमा समेत एमाले निकट अखिल र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको संयुक्त प्यानलले तालाबन्दी गरेपछि निर्वाचन हुन सकेको छैन ।


  •  
  •  
  •