काठमाडौँ, २० पुस (ओएनएस) : नेपाल नेपालमा प्रतिवर्ष ६ अर्वको फलफूल आयात हुने सरकारका पूर्व अर्थ सचिव कृष्णहरि वास्कोटाले बताएका छन् ।
विशेषगरी भारतको हिमान्चल, काश्मीर, नासिक र नागपुरवाट तथा चीनको सिन्दु, सान्सी, इन्छवा, लान्चु र सान्दुकवाट वढी स्याउ, सुन्तला, केरा, अनार, अंगुर, मौसम, खरवुजा, तरवुजा, मेवा र आपको अत्याधिक आयात हुने गरेको छ ।
नेपालमा तराइको आपले तीन महिनाको, पहाडको सुन्तलाले तीन महिनाको र नेपालको केराले चार महिनाको आन्तरिक खपत थेग्ने कुरा वताउदै नेपालमा कूल खपतको ७५ प्रतिशत फलफूल आयातित रहेको छ ।
नेपाल फलफूल थोक व्यवसाय संघको साधारण सभामा पूर्व सचिव वास्कोटाले नेपालमा हरियो तरकारी र फलफूलको सट्टा माछामासुको खपत वृद्धि हुदै जानुलार्इ राम्रो भन्न नसकिने बताए ।
उनले केटाकेटीको टिफिनमा अनिवार्य रूपमा फलफूल रहनु पर्ने व्यवस्था गर्न र वार्षिक क्यालेण्डरमा कुन महिनामा कुन फलफूल उत्पादन हुन्छ र सरल मूल्यमा खपत गर्न सकिन्छ भन्ने जानकारी दिन आवश्यक भएको बताए ।