फ्रि भिसा र फ्रि टिकट नदिए मलेसियामा कामदार रोक ; श्रम मन्त्री

110
  •  
  •  
  •  

काठमाडौं, ९ भदौं ( ओएनएस) ; श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले फ्रि भिसा र फ्रि टिकटमा नेपाली कामदार ल्याउन नमाने मलेसियामा कामदार रोक लगाउने बताएका छन् । मलेसियाको क्वालालाम्पुरमा रोजगारदाता कम्पनीहरुसँगको छलफलमा मन्त्रीले यस्तो धारणा राखेका हुन् ।

नेपाल सरकारले लामो समयदेखि फ्रि भिसा र फ्रि टिकटको विषयको निर्णय मान्य नभए नेपाली कामदार मलेसियामा नपठाउने उनको धारणा थियो ।

नेपाली कामदार विदेश आउँदा ऋण तिर्न ७ देखि १ वर्ष लाग्ने गरेको बताउँदै श्रम राज्यमन्त्री गुरुङले फ्रि भिसाको लागि आगं्रह सम्मेत गर्नु गरे । उनले कामदारको तलवबाट लेबी काट्दा नेपाली कामदार झन मारमा पर्ने भएकोले लेवि नकाटन् अनुरोध गरेका छन् । मेलेसियामा कामदार कम्पनीको प्रतिनिधिसँग मंगलबार भेटघाट कार्यक्रममा नेपाली राजदूत निरन्जनमान सिंह बस्नेतले पनि फ्रि भिसा र फ्रि टिकटको निर्णयमा मन्त्री गुरुङ अडिक रहेकाले निर्णय फिर्ता नहुने बताए ।

कार्यक्रममा मलेसियाका सेक्युरिटी, कन्स्ट्रक्सन, प्लानिटेसनका लागि नेपाली कामदार ल्याउने रोजगारदाता कम्पनी प्रमुखहरुको सहभागिता रहेका थिए ।

मलेसियाको कामदार कम्पनीहरुले भने विना तयारी फ्रि भिसा र फ्रि टिकटको निर्णय नेपाल सरकारले गरेको भन्दै केही महिना परीक्षण गर्न मन्त्री गुरुङसँग आग्रह गरेको बुझिएको छ ।

मलेसियाका उपप्रधान तथा गृहमन्त्री जाहिद हमिदीसँग भेट

श्रम राज्यमन्त्रीले मलेसियाका उपप्रधान तथा गृहमन्त्री जाहिद हमिदीसँग भेट वार्ता गरेका छन् । भेटका क्रममा मलेसियाको गृहमन्त्री हमिदीले नेपाली सेक्युरिटी कामदारको तलव लगायतका सुविधा बढाउन लागिएको बताएका थिए ।

गृहमन्त्री हमिदीले सेक्युरिटी गार्डका लागि मलेसिया आएका नेपाली कामदारको तलव कम्तीमा २ हजार पु¥याइने विश्वास दिलाएको मन्त्री गुरुङले जानकारी दिएक छन् ।

मलेसियामा रहेका ९ लाख कामदारमध्ये आधाजसो सेक्युरिटी गार्ड छन् । उनीहरुले कम्तीमा १४ सयदेखि २५ सय रिङगिट पाउने गरेका छन् । भेटमा गृहमन्त्री हमिदीले आफूले सोचेको जस्तो नेपाली कामदार मलेसिया नआएको भन्दै चिन्ता प्रकट गरेका थिए । सेक्युरिटी गार्डका लागि मलेसिया आउन चाहनेहरुलाई तालिम दिएर पठाउन उनले आग्रह समेत गरेका थिए । गृहमन्त्री हमिदीले कामदारलाई बैंक एकाउन्टमार्फत तलव अब दिइने बताए ।

मलेसियाका मानव संशाधनमन्त्री रिचार्ड राइटसँग भेट

मलेसियाका मानव संशाधनमन्त्री रिचार्ड राइटसँगको भेटमा रिचार्डले फ्रि भिसा र फ्रि टिकटको निर्णय स्वागत योग्य भएको बताएको बुझिएको छ । नेपाल सरकारले  कामदारका विषयमा ल्याएको नीति आफूले मन्त्रिपरिषद् बैठकमा लैजाने उनले बताए । भेटमा मन्त्री गुरुङले मलेसियामा घरेलु कामदारका रुपमा नेपाली महिला ल्याउन प्रस्ताव गरेका थिए । यस विषयमा छलफल गर्न दुवै देशका अधिकारी सम्मिलित एक अध्ययन समिति गठन गर्ने मन्त्री राइटले बताएका थिए ।

अहिले श्रम राज्यमन्त्री गुरुङ कोरियामा

koriya

यसैबीच श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ कोरियामा पुगेको छ ।  कोरियामा नेपाली कामदारको विषयमा जानकारी लिन र फ्रि भिषा फ्रि टिकटको विषयमा छलफल गर्न कोरीया पुगेको हो । राज्यमन्त्रीलाई कोरियाको लागि नेपाली राजदूत कमानसिं लामाले त्यँहास्थीत विभिन्न सरकारी निकायसँगको प्रतिनिधिसँग भेटवार्ता गराउने बुझिएको छ । गर्ने र फ्रि भिषा र टिकटको विषयमा छलफल हुने राजदूत कमानसिं लामाले जानकारी दिएका छन् ।

तस्विर फेसबुकबाट ;


  •  
  •  
  •