हलियाको जीवन झनै कष्टकर

87
  •  
  •  
  •  

काठमाडौं ,२१ भदौ (ओएनएस)ः शनिवार देशभर विभिन्न कार्यक्रम गरी हिलया दिवस मनाइदै छ । यससँगै हलिया प्रथाको मुक्तीको घोषण भएको ६ बर्ष पुरा भएको छ  । मुक्त हलियाहरुले आजको दिनलाई स्वतन्त्रता प्राप्तीको दिनका रुपमा मनाउने गर्छन् ।

तर हलिया मुक्तिको घोषणा भएको ६ बर्ष विते पनि मुक्त हलियाहरुको अवस्था कष्टकर रहेको छ । सरकारले मुक्त घोषणा गरेपनि पूनस्थापनाको बारेमा ध्यान नदिदा उनीहरुको जीवन कष्टकर बनेको हो । जमिन्दारको घरबाट स्वतन्त्र भएपनि बासस्थानको अभावमा उनीहरुको जीवन कष्टकर भएको हो ।

२०६५ भदौ २० गते हलिया प्रतिनिधि र तत्कालिन नेपाल सरकारविच भएको सहमति अनुसार हलिया अन्त्य घोषणा गरिएको थियो ।

मुक्तीको घोषणा गरेपछि राष्ट्रिय मुक्त हलिया समाज महासंघले हलिया परिवारलाई तराइमा १० कठ्ठा र पहाडमा १० रोपनी जग्गा दिनुपर्ने माग राखेको थियो । मध्य तथा सुदुरपश्चिमका ८० प्रतिशत भन्दा बढी मुक्त हलिया परिवारसँग बसोवासका लागि जग्गा नभएको महासंघले जानकारी दिएको छ ।

सुदुरपश्चिम तथा मध्यपश्चिमका पहाडी तथा हिमाली जिल्लाहरुमा जमिन्दारका खेतमा बधुवा कृषि मजदुरका रुपमा काम गर्दै आएका थिए ।


  •  
  •  
  •