निःशुल्क न्याय पाउँदै पीडित

192
  •  
  •  
  •  

बनेपा, २३ जेठ (ओएनएस) काभ्रेपलाञ्चोकमा जिल्ला कानुनी सहायता समिति सक्रिय बन्दै गएकाले पीडितले निःशुल्करुपमा न्याय पाएका छन् । महिलामा आएको सचेतता र दोषीलाई कानुनी दायरामा ल्याउने मानसिकताको विकास भएका कारण विपन्न समुदायका महिला निःशुल्क कानुनी सहायताका लागि आउने गरेको जिल्ला कानुनी सहायता समिति काभ्रेपलाञ्चोकले जनाएको छ ।

आर्थिक तथा सामाजिक कारणले कानुनी हक र सुविधा लिन नसक्ने र कम्तीमा वार्षिक रुपमा ४० हजार रुपैयाँभन्दा कम आय भएका व्यक्तिलाई निःशुल्करुपमा कानुनी सहायता दिन समिति निर्माण गरिएको हो ।

जनशक्ति र बजेटको कामले समिति प्रभावित भएको उल्लेख गर्दै अभैmपनि जनशक्तिको स्थायित्व नभएकाले काम गर्न कठिनाइ भएको बताइएको छ । अहिलेसम्म विभिन्न १७ वटा मुद्दा सहायता समितिमा दायर भएकोमा सात वटा मुद्दा फैसला भएको छ र अन्य केही फैसला हुने क्रममा रहेको छ । सो समितिमा आउने अधिकांश मुद्दा अंशबन्डा, मानाचामल भराउने, जालसाजी कीर्ते, सम्बन्धविच्छेदलगायत रहेका छन् ।

जिल्ला कानुनी सहायता समितिका अध्यक्ष अच्युत न्यौपानेले केही वर्षयतादेखि यसको सक्रियता बढ्दै गएको जानकारी दिँदै स्थानीय निकाय र महिला तथा बालबालिका कार्यालयबाट आर्थिक सहयोग भएकाले प्रभावकारिता बढ्दै गएको जानकारी दिए ।


  •  
  •  
  •