एसएलसी दिएका विद्यार्थीलाई निःशुल्क डाटासहितको सिमकार्ड

338
  •  
  •  
  •  

Nepal-Telecomकाठमाडौँ, चैत(ओएनएस) : नेपाल टेलिकमले यस वर्षको एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थीलाई डाटासहितको सिमकार्ड बिक्री गर्ने भएको छ ।

सोमबारदेखी एसएलसी दिएका विद्यार्थीले डाटासहितको सिमकार्ड किन्न पाउने भएका हुन् । सिमकार्ड किन्न विद्यार्थीले ९० रूपैँया तिर्नुपर्नेछ भने त्यसमा ५० रूपैयाँको टक भ्यालु तथा ३ सय एमबी डाटा निशुल्क प्रयोग गर्न पाइने टेलिकमले जनाएको छ ।

विद्यार्थीहरूले सिम सक्रिय भएको दिनदेखि ६ महिनासम्म प्रत्येक महिना ५० एमबी डाटा निशुल्क रूपमा प्रयोग गर्न पाउनेछन् । मोबाइल सेवामा युवा तथा विद्यार्थी वर्गको आकर्षण दिनानुदिन बढ्नुका साथै सो सेवामार्फत इन्टरनेट सेवाको प्रयोगमा समेत वृद्धि भएकाले उनीहरुलाई लक्षित गरी सेवा उपलब्ध गराइएको हो । यो योजना आगामी असार मसान्ससम्म रहने बताइएको छ ।

उक्त योजनाअन्तर्गत सिम कार्ड खरिद गर्ने विद्यार्थीले एसएलसी परीक्षाको प्रवेशपत्रको प्रतिलिपि, विद्यार्थी स्वयम् वा निजको अभिभावकको नागरिकताको प्रतिलिपि तथा नेपाल सरकारबाट जारी गरिएका परिचयपत्रमध्ये कुनै एकको प्रतिलिपि पेस गर्नुपर्नेछ ।


  •  
  •  
  •