नेपाल प्रहरीद्वारा निःशुल्क बस सेवा सञ्चालन

167
  •  
  •  
  •  

काठमाडौँ, १३ जेठ(ओएनएस) : नेपाल प्रहरीले यात्रुहरूको सुविधालाई ध्यानमा राखेर निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

यातायात व्यवसायीहरूले ट्राफिक प्रहरीले बृद्धी गरेको जरिवाना फिर्ता गर्न माग गर्दै चक्काजाम गरेपछि यात्रुहरूलाई केही राहत दिने उदेश्यले प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको हो । नेपाल प्रहरीले दुई वटा रूटहरूमा बेलुका ५ बजेसम्मका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

रुट नं. १
नक्साल, जयनेपाल, पुतलीसडक, माइतीघर, थापाथली, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, रवीभवन, कालिमाटी, त्रिपुरेश्वर, नागस्थान, न्युरोड गेट, जमल, महेन्द्र शालिक, दरवारमार्ग, जयनेपाल सिनेमाहल हुँदै नक्साल ।

रुट नं. २
नक्साल, लोत्सेचोक, ज्ञानेश्वर, रातोपुल, गौशाला, एयरपोर्ट, सिनामंगल, कोटेश्वर तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, नागेस्थान, न्युरोड गेट, जमल, लैनचौर, लाजिम्पाट, पुलिस एकेडेमी, नारायण गोपाल चोक, पुलिस एकेडेमी, बालुवाटार हुँदै नक्साल ।


  •  
  •  
  •