पीएसजी फ्रेन्च लिग कपको सेमिफाइनलमा

816
  •  
  •  
  •  

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  अर्जेन्टिनी फरवार्ड मोउरो इकार्डीको ह्याट्रिकको सहयोगमा पेरिस फाइनलमा पुगेको हो ।

बुधबार राति घरेलु मैदानमा पीएसजीले १० खेलाडीमा समेटिएको सेन्ट इटिएनमाथि ६–१ सानदार जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।

मोउरो इकार्डीको ह्याट्रिकसँगै स्टार फरवार्डद्धय नेयमार र केलियन एमबाप्पेले गोल गरे ।
३१ औं मिनेटमा वेस्ले फोफाना दोहोरो पहेँलो कार्डसहित रातो कार्ड खादै मैदान बाहिरिएपछि सेन्ट इटिएन १० खेलाडीमा सीमित बन्यो । फोफानाले डि मारियालाई फउल गर्न पुगेका थिए । इटिएन १० खेलाडीमा समेटिएको फाइदा पीएसजीले उठायो ।

३९औं मिनेटमा नेयमारले पीएसजीको अग्रता दोब्बर बनाए । ४४औं मिनेटमा जेसी मौलिनले आत्मघाती गोल गरेपछि पीएसजी पहिलो हाफमा ४–० ले अघि बढेको थियो । ४९औं मिनेटमा इकार्डीले एमबाप्पेको पासमा व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजी खेलमा ५–० ले अघि बढ्यो । एम्बाप्पेकै पासमा इकार्डीले ५७औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।

खेलको ६७ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ६–० को फराकिलो जिततर्फ अग्रसर गराए । ७१ औं मिनेटमा योहान काबायीले गोल गरेपनि सेन्ट इटिएन ६–१ ले पराजित हुन पुग्यो ।

बुधबार राति नै लिलले एमेन्सलाई २–० ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको छ ।
यससँगै फ्रेन्च कपमा सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको छ ।


  •  
  •  
  •