फ्रान्समा रेल सेवा आन्दोलन

433
  •  
  •  
  •  

काठमाडौं, २८ जेठ (एजेन्सी) । फ्रान्समा रेल सेवाका कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि बुधबार त्यहाँको रेल सेवा अस्तव्यस्त भएको छ । मंगलबार साँझदेखि उनीहरुले रेल सेवा नचलाउने बताएका छन् ।

रेल सेवा २४ घन्टासम्म बन्द गर्ने उनीहरुको निर्णयपछि सो सेवा अस्तव्यस्त भएको बताइएको छ । रेल सेवामा गर्नुपर्ने सुधारका साथै कर्मचारीहरुको सुविधाका विषयलाई लिएर रेलमा आन्दोलन गरिएको छ । सो आन्दोलनमा ट्रेड युनियनहरुको समर्थन रहेको छ ।

सो आन्दोलनका कारण फ्रान्स र अर्काे देशमा समेत जानुपर्ने रेल सेवामा प्रभाव परेको छ । मङ्गलबार साँझदेखि मात्र आन्दोलन सुरु गरिएकोले यसको प्रमुख असर बुधबार देखिने बताइएको छ । फ्रान्सका रेल सेवासम्बन्धी मन्त्रीले गत हप्तामात्र फ्रान्सको रेलसेवा हालैका दिनमा ऋणमा डुबेको भनी संसदमा प्रस्तुत गरेको वर्तमान अवस्थापछि मङ्गलबार सो सेवाका कर्मचरीले आन्दोलनको घोषणा गरेका हन् ।

सो सेवामा सुधारका लागि प्रभावकारी कार्यक्रमहरु ल्याउन ट्रेड युनियनहरुले माग गरेका छन् । उनीहरुले विगतदेखि नै आफूहरुले सो माग राखेको भए पनि सरकारले वास्ता नगरेको उनीहरुको भनाई छ ।


  •  
  •  
  •